महेन्द्रनगर:
तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आज शनिबार सशस्त्र प्रहरीको एपिएफ क्लब र गण्डकी प्रदेश उपाधिका लागि भिड्ने भएका छन् । आज दिउँसो खुला मञ्चमा उपाधिका लागि यी दुई टीमबीच प्रतिस्पर्धा हुनेछ ।
शुक्रबार सेमिफाइनमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरी सशस्त्र प्रहरी फाइनल पुगेको छ । यसैगरी डिफेन्डिङ्ग च्याम्पियन नेपाल पुलिस क्लबलाई हराएर गण्डकी प्रदेश उपाधि नजिक पुगेको हो ।
सेमिफाइनमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले पराजित ग¥यो । पहिलो खेल २५–२० ले जितेको एपिएफ लगातार दोस्रो र तेस्रो जित गुमाएको थियो । दोस्रो खेल २५–१४ र तेस्रोमा ३०–२८ ले गुमाएको एपिएफ २५–१५ ले चौथो र १५–१३ ले अन्तिम पाँचौ खेले जितेको हो ।
एपिएफका जर्सी नं. १० का विजय थापा मेन अफ म्याच भए । यसैगरी डिफेन्डिङ्ग च्याम्पियन पुलिस क्लबलालाई हराउँदै गण्डकी प्रदेश फाइनल पुगेको छ ।
गण्डकी प्रदेशले ३–२ ले पुलिस क्लबलाई पराजित गरेको हो । पहिलो खेल २५–२० ले जितेको पुलिस क्बल दोस्रो सेट १५–२५ गुमाएर तेस्रो २५–१९ ले जितेको थियो । गण्डकी प्रदेशले ३१–२९ चौथो र १५–७ ले पाँचौ सेट जितेर पुलिस क्लबलाई हराएको हो ।
फाइनल पुगेका सशस्त्र र गण्डकी प्रदेश तेस्रो मुख्यमन्त्री कपमा समूह बी बाट विजेता र उप विजेता बनेर सेमिफाइन पुगेका हन् । बिहीबार कबर्ड हलमा एपिएफले गण्डकी प्रदेशलाई सोझो सेटमा हराएको थियो । गण्डकी प्रदेश समूह बी को उप विजेता र सशस्त्र प्रहरी विजेता बनेर सेमिफाइन पुगेका थिए ।
यस अघि यी दुई टीमबीच सुर्खेतमा गत पुसमा ३४ औं राष्ट्रिय पुरुष प्रतियोगिताको सेमिफाइनमा प्रतिस्पर्धा भएको थियो । सशस्त्र प्रहरीले गण्डकीलाई सोझो सेटले हराएको थियो । त्यसपछि गण्डकी प्रदेशको फाइनल खेल्ने धोको सकिएको थियो । नेपाल पुलिस क्बलसित फाइनमा पराजित भएर सशस्त्र उप विजेता बनेको थियो ।
३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको एक महिनापछि शनिबार फेरि यी दुई टीम उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । तीन विभागीय बाहेक गण्डकी प्रदेश चौथो बलियो टीम मान्ने गरिएको छ ।
गण्डकी प्रदेशले शुक्रबार नेपाल पुलिस क्बलसितको खेलमा कप्तानलाई मैदान बाहिर राखेको छ । गण्डकी प्रदेशका हिमाल सोनारी मेन अफ दि म्याच भए ।
सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा माघ १४ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको विजेता टिमलाई नगद ४ लाख, उप विजेता दुई लाख र तेस्रोलाई एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान पाउने छन् । चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ ।
यसैगरी सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस