२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

भीमदत्त ८ मा आँखा शिविर, तीन सय बढी वासिन्दा लाभावान्तित




  • त्रिनेत्र पोष्ट
  • २०८० माघ २०, शनिबार मा प्रकाशित ९ महिना अघि
  • महेन्द्रनगर ।  भीमदत्त नगरपालिका ८ मा आँखा शिविर सञ्चालन गरिएको छ । पेसवान संस्था ,धनगढी नेत्रालय प्रा.लि को प्राबिधिक सहयोग र सामाज कल्याण संघ का सदस्य सचिव मनोज भट्ट सहयोग मा शिविर सम्पन भयको छ ।

    भीमदत्त नगरपालिका  ८ का स्थानिय ७० वर्षिय चन्दले आफनै वडामा आँखा शिविर संचालन गरेपछि टाढा गएर उपचार गराउनु पर्ने समस्या हटेको बताउनु भयो । उहाँले भन्नुभयो,“यहाँ वडामा आँखा शिविर संचालन नभएको भए धनगढी जानु पर्ने योजना बनाई रहेको थिए, तर अहिले आफनै वडाबाट उपचार पाएपछि सहज भएको छ” निशुल्क चश्मा पनि पाईयो औषधी पनि पाएपछि आयोजना गर्ने वडा र संस्थालाई उहाँले धन्यवाद व्यक्त गर्नु भयो ।

    शिविरमा ३ सय ४७ जनाले आँखा जाँच गराएका छन् । यसैगरी ५७ जनाको शल्यक्रियाका लागि सिफारिश गरिएको छ । शिविरमा आँखा जाँच गरिएकामध्ये ८९ जनालाई चश्मा वितरण गरिएको छ । त्यस बाहेक बाँकीलाई औषधि वितरण गरिएको छ ।

    भीमदत्त नगरपालिका वडा नं.८ का अध्यक्ष मदन राज मिश्र को अध्यक्षतामा थियो कार्यक्रम मा बोल्दै अध्यक्ष आफ्नो स्वास्थ्य महत्वपुर्ण रहेको हुँदा आँखा झनै बढी संवेदनशिल रहेको व्यवस्थामा सबैले यसको सुरक्षा गर्न बताउनु भयो । साथै आगामी दिनमा बढी भन्दा बढी माग आएमा यस्तै अन्य स्वास्थ्य शिविरहरुको आयोजना गरेर आम जनताहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट