२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

क्यान्सर पिडितलाई दोधारा चाँदनीका उपमेयर जोशीद्धारा उपचारमा सहयोग




  • त्रिनेत्र पोष्ट
  • २०८० माघ १६, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • दोधारा:

    दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशीले क्यान्सर पिडितलाई सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका– १ चक्की बजार घर भएका क्यान्सर पिडित कैलाश भट्टलाई उनका घरमै पुगेर घरपरिवारलाई दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले नगद रु. १० हजार हस्तान्तरण गरेको अधिकारकर्मी धनसार चन्दले बताएका छन् । आर्थिक अवस्था दैनिय रहेका कैलाश भट्ट बिगत लामो समय देखि क्यान्सरबाट पिडित रहदै आएका हुन् । उनको राजधानी स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर जोशीले आर्थिक अवस्था दैनिय रहेका क्यान्सर पिडितको बारेमा थाहा पाएर उपचारमा थोरै भएपनि सहयोग गरेको बताएका छन् । घरको अवस्था निकै दैनिय रहेको बताउदै सबैले क्यान्सर पिडितलाई सहयोग गर्न आग्रह गरेका छन् । पिडितको घरमै पुगेर उपमेयर जोशीले दिनदुखीमा गरेको सहानुभुती प्रति स्थानियहरुले खुशी ब्यक्त गरेका छन् । केही दिन देखि युवाहरुले ‘कैलाश भट्ट बचाउ अभियान’ संचालन गरि उपचार रकम संकलन गर्दै आएको युवा गोबिन्द भट्टले जानकारी दिएका छन् । रकम हस्तान्तरणमा दोधारा चाँदनी नगरपालिका उपमेयर गंगा देवी जोशी, दोधारा चाँदनीका पुर्व वडाध्यक्षद्धय कमलापती भट्ट, अर्जुन भट्ट, अधिकारकर्मी धनसार चन्द, नेपाली काग्रेंस दोधारा चाँदनी– १ का वडा सभापती अमर बम तथा पिडित कैलाश भट्टका परिवाजनहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट