२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

दोधारा चाँदनी– ४ मा उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम सम्पन्न




  • त्रिनेत्र पोष्ट
  • २०८० माघ १०, बुधबार मा प्रकाशित १0 महिना अघि
  • दोधारा:

    दोधारा चाँदनीमा उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय लघुउद्यम बिकास शाखा कार्यालयको आयोजना र उद्योग बाणिज्य संघ तथा आपुर्ती मन्त्रालयको आर्थिक सहयोगमा दोधारा चाँदनी नगरपालिका– ४ मा ८ दिने उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले जानकारी दिएका छन् । वडाका ३५ जना महिला तथा पुरुषहरुको सहभागितामा संचालन गरिएको तालिमको समापन सत्रमा दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंह, पदमराज भट्ट, दोधारा चाँदनी नगरपालिका कार्यालय लघुउद्यम बिकास शाखा कार्यालयका सहजकर्ता मोहन भट्ट लगाएत तालिमका सहभागीहरुको उपस्थिती रहेको थियो । सिप सिकौं, आत्मनिर्भर बनौं नारा सहित संचालन गरिएको तालिममा आत्मनिर्भर बनाउन उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय लघुउद्यम बिकास शाखा कार्यालयका सहजकर्ता मोहन भट्टले बताएका छन् । कसरी उद्यमी बनेर आर्थिक उपार्जन गर्ने बिषयलाई लिएर तालिमको प्रशिक्षण गरिएको थियो । दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले तालिमका सिकेका कुरा व्यवहारमा नउतारे तालिमको कुनै औचित्य नहुने बताएका छन् । तालिममा सिकेका कुरालाई आत्साथ लिएर व्यवहारमा उतारे मात्रै नेपाल सरकारको उद्धेश्य पुरा हुने वडा सदस्य सिंहको भनाई रहेको छ् । नेपाल सरकारले तालिम दिएर उद्यमी बनाई आर्थिकपार्जमा जोड दिन खोजेको मर्मलाई नमार्न तालिमका सहभागीलाई आग्रह गरेका छन् । तालिममा भत्ता तथा रमाईलोको लागी मात्रै तालिमलाई नलिन हुन सहभागीलाई आग्रह गर्दै उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिमले वडामा सकारात्मक प्रभाव पर्नेमा आफु बिश्वस्त रहेको उनले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट