२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

महेन्द्रनगरमा जल्यो मन्त्री सुदन किराँतीको पुत्ला !




  • त्रिनेत्र पोष्ट
  • २०८० पौष ९, सोमबार मा प्रकाशित ११ महिना अघि
  • महेन्द्रनगर:

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पुत्ला दहल गरेको छ । महेन्द्रनगरमा केही समय अघि राप्रपाले मन्त्री किराँतीको राजीनामा माग गर्दै पुत्ला जलाएको छ ।

    मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै राप्रपाका कार्यकर्ताले मन्त्री किरातीको राजीनामा माग गर्दै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

    बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट