२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

वडाध्यक्ष भुन्टुले आफ्नो एक वर्षको तलब वृद्धवृद्धालाई दिए




  • त्रिनेत्र पोष्ट
  • २०८० कार्तिक २, बिहिबार मा प्रकाशित १ साल अघि
  • महेन्द्रनगर:
    भीमदत्त नगरपालिका वडा नम्बर १ का १०० बर्षिय गम्बिर सिंह चैसिर बिहिवार बिहान वडा कार्यालयमा लठी सहारामा पुगे। अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए।

    सोही अनुसार वडा कार्यालयबाट अध्यक्ष कुँवरले स्थानीय तहमा निर्वाचित भएपछि पाएको वर्ष दिनको तलब गाउँमै वितरण गरेका छन्।

    ज्येष्ठ नागरिक समक्ष अघिल्लो कार्यकाल र यो कार्यकालभरिको रकम आफू समाजमै परोपकारी काममा दिने पनि उनले बताए। प्रतिव्यक्ति रु एक हजार पाँच सयका दरले १४१ जनालाई रकम वितरण गरिएको छ। “यहाँ आउन नसेका वृद्ध/वद्धालाई घरमै गएर पनि रकम दिन्छु,” अध्यक्ष कुँवरले भने– ‘म तलब खान होइन, जनताको सेवा गर्न आएको हुँ।’
    १ बर्षमा तलब वापत पाएको रु दुई लाख ११ हजार ५ सय वडा कार्यालयका पदाधिकारीको सहयोगमा उनले आफै वितरण गरेका थिए।

    वडाध्यक्षको मासिक तलब रु २२ हजार छ। ‘यहाँका ज्येष्ठ नागरिक मेरा अभिभावक हुन,” उनले भने–“उहाँहरुकै आर्शीवादले म राजनीतिमा अघि बढ्नेछु।”
    वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ। उनीहरुले अध्यक्ष हुँवरलाई जयजयकार गर्दै आर्शीवाद समेत दिएका छन्। तीन दशकदेखि गाउँमा बस्दै आएका १०० बर्षिय गम्बिर सिंह चैसिरले ‘प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म हामीले चुन्यौं,’ उनले भने–“तर यति मनकारी प्रतिनिधि पहिलो पटक पाएका हौं।”


    एक सय वर्षीय गम्बिर सिंह चैसिरले भने– “अध्यक्षले राम्रो काम गरे, जुगौंजुग बाँचिरहुन।” पालैपालो रकम वितरण गर्दा अध्यक्षलाई अंगालो हार्दै कतिपय वृद्धाले खुशीका आँशु समेत झारे।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट