२०८१ मंसिर २६, बुधबार | Wed, 11, Dec, 2024

शारिरीक सुगठनमा स्वर्ण बिजेता चन्दलाई सम्मान




  • त्रिनेत्र पोष्ट
  • २०८० आश्विन १५, सोमबार मा प्रकाशित १ साल अघि
  • महेन्द्रनगर:
    प्रथम सुदूरुपश्चिम श्री शारिरीक सुगठनको उपाधी बिजेता महेन्द्रनगरका सुनिल चन्दलाई सोमबार गृहनगरमा सम्मान एवं बधाई ज्ञापन गरिएको छ ।
    सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको आयोजनामा शनिबार धनगढीमा सम्पन्न प्रतियोगिता अन्तरगत शारिरीक सुगठन विधामा चन्द र मेन्स फिजिकतर्फ लक्ष्मीदत्त पन्तले उपाधि जितेका थिए ।
    उपाधी बिजेताद्धय चन्द र पन्तलाई महेन्द्रनगरस्थित रोयल व्यामशालामा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।
    सम्मान समारोहमा महेन्द्रनगरका युवा व्यवसायी मदन भट्ट, राससका कार्यालय प्रमुख शेरबहादुर सिंह, कोच सम्बिधान गौतम , व्यायमशालाका सञ्चालक किशन चन्द लगायत व्यामशालामा आवद्ध सदस्यहरु सहभागी थिए ।
    उपाधी बिजेता चन्दले यसअघि पनि राष्ट्रिय स्तरमा शारिरीक सुगठनमा पदक प्राप्त गरिसकेका छन् ।
    रोयल व्यामशालाका सञ्चालक समितिका सदस्य समेत रहेका चन्द शारिरीक सुगठनका मेहनती र अनुशासित खेलाडीका रुपमा समेत यहाँ परिचित छन् ।
    प्रतियोगिताका दुवै विधाका विजेतालाई जनही नगद २५ हजारसहित ट्रफी र मेडलबाट प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले पुरस्कृत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस