२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

दुई जना बालिकाको उद्दारमा भुडा प्रहरी




  • त्रिनेत्र पोष्ट
  • २०८० आश्विन ११, बिहिबार मा प्रकाशित १ साल अघि
  • महेन्द्रनगर:
    कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका बाट दुइजना बालिकाको सकुसल उद्दार गरिएको छ ।
    बेलौरीको वडा नम्बर १० स्थित प्रहरी चौकी भुडाका प्रहरी हवल्दार गोबिन्द प्रशाद भट्टको कमान्डमा खटिएको टोलिले बालिकाको उद्दार गरेको हो । बेलौरी नगरपालिकाको भुडाबाट जिल्ला पिलिभित लखिमपुरी खिरी अन्तरगत कम्बोजनगर हुँदै भारत पस्दै गरेका बेलौरी नगरपालिका १ बस्ने लालवीर चौधरीकि छोरी वर्ष १४ कि अस्मिता चौधरी र बेलौरी नगरपालिका १ मटैया बस्ने ॐ प्रकाश बोट्की छोरी वर्ष १३ कि लक्ष्मी बोटलाई भुडा प्रहरीले सकुसल उद्दार गरेको हो ।
    खुला सिमा भएका कारण भारत तर्फ जाँदै गरेका युवतीहरु लाई उद्दार गरिएको भुडा प्रहरीले जनाएको छ । नेपालको खुला सिमाना हुँदै कोरिया जाने भन्दै भारत तर्फ जाँदै छिर्दै गर्दा उनिहरुलाइ सोधपुछ गर्दा संका लागेर प्रहरिले सोधपुछ गर्दा उनिहरु कुनै दलाल वा अन्य बाट ठगिएको सुन सक्ने अनुमानका साथ उनिहरुलाई फिर्ता ल्याइएको र उनिहरु लाई सकुसल आफन्त लाई बुझाइएको प्रहरी हवल्दार भट्टले बताए । उद्दार गरिएकी अस्मिताका बुवा लालबिर चौशरी र लक्ष्मी बोटका दाजु भरत चौधरीलाई बुझाएइको प्रहरिले जनाएको छ ।
    “खुला सिमानाका भएका कारण अचेल यता भएर भारत तर्फ जाने गरेका हुन सक्छ्न “। प्रहरी हवल्दार भट्टले बताए संका लागेर चेकजाँच गर्दा उनिहरु माथी सोधपुछ गर्दा कोरिया जाने बताउदा अन्यको नाम बारे न बोल्दा उनिहरु ठगिएको वा बेचिन सक्ने लागेर आफुहरुले उद्दार गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट